कावासोती । स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन कायम रहेका जनप्रतिनिधिले राजिनामा दिनुपर्ने व्यवस्था अनुसार कावासोतीमा हाल सम्म ३३ जनाले राजिनामा दिएका छन् ।
राजिनामा दिएका कतिपयको उम्मेदवारी पार्टीबाट टुङ्गिएको छ भने कतिपयले आकांक्षा व्यक्त गरेका छन् ।
उम्मेदवारीको टुङ्गो नलागेपनि त्यसको लविङ्गका लागि राजिनामा दिएर जनप्रतिनिधि टिकट लिन दौडधुपमा लागेका छन् ।