चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले क्षेत्रीय सहसभापति सुर्य गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट मध्यविन्दुको मेयर र उपमेयर कांग्रेसको भागमा परेपछि गण्डकी प्रदेश कमिटीले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गुरुङ नेपाल तरुण दल जिल्ला अध्यक्ष भई सकेका उनी यूवामा लोकप्रिय मानिन्छन् ।
त्यस्तै, उपमेयरमा भने टीका कुमारी महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुन् ।