चोरमारा । नेपाली कांग्रेसले नवलपुरको मध्यविन्दु नगरपालिका उपप्रमुख (उपमेयर) मा टिका कुमारी महतोलाई उम्मेदवार बनाउने भएको छ । उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुन् ।
उनी थारु महिला सभा नवलपुर जिल्ला अध्यक्षमा दुई चोटी निर्वाचित समेत भएकी हुन् ।
त्यस्तै, मेयरमा सुर्य गुरुङलाई उम्मेदवार बनाउने भएको छ । उनी नेपाली कांग्रेसको क्षेत्रीय सहसभापति हुन । गुरुङ नेपाल तरुण दल जिल्ला अध्यक्ष भई सकेका उनी यूवामा लोकप्रिय मानिन्छन् ।