२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीको नगरप्रमुखमा कांग्रेसबाट पोख्रेलले उम्मेदवारी दर्ता

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) ७१३ पाठक संख्या

नवलपुरको कावासोती नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा मेहन्द्र पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धन दलबीच सहमति जुटेपछि कांग्रेसको तर्फबाट मेयरमा पोख्रेल र उपमेयरमा नेकपा माओवादी केन्द्रका पतिराम थनेतले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेस पार्टी कार्यालय विपीचोकबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले सोमबार मनोनयन दर्ता गराए ।

कांग्रेसबाट मेयरका लागि बाइस जनाको नाम सिफारिस भएको थियो । अन्तिममा पोख्रेललाई पार्टीले मेयरको उम्मेदवार बनाएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस