२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु ४ को वडाअध्यक्षमा भण्डारीद्धारा मनोनयन दर्ता

२०७९ बैशाख १३, मंगलबार प्रकाशित ( साल अघि) १३४६ पाठक संख्या

चोरमारा । बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं ४ को वडाअध्यक्ष पदमा युवा समाजसेवी कृष्ण भण्डारीले मनोनयन दर्ता गराउनुभएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं ४ का समाजसेवी भण्डारीले नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराउनुभएको हो ।

मध्यविन्दु नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी भण्डारीले नेतृत्वको प्यानलले उमेदवारी दर्ता गराउनुभएको हो । मनोनयन दर्ता गरेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मध्यबिन्दु नगरपालिका वडा नं ४ को विकास र समृद्धिका लागी आफुले उमेदवारी दिएको बताउनुभयो ।

वडामा सफा शुद्ध र सिचाइको लागि एक घर एक धार, गरिब अशक्तका लागि निशुल्क एम्बुलेन्स सेवा, डिजिटल वडा, उद्यमशिल समाज तथा भ्रष्टाचार मुक्त वडा, टोल टोलका बाटा ग्राभेल तथा पिच, कृषिमा आधुनिकीकरण, स्थानीय उत्पादनको बजार व्यवस्थापन लगाएतका योजना अगाडि सारेको भण्डारीले जानकारी दिनुभयो ।

मेरो लक्ष्य र सपना भनेको मध्यविन्दु ४ लाई नगरकै नमुना वडा बनाउनु हो, यो बाहेक अरु उदेश्य छैन भण्डारीले भन्नुभयो : वडाबासी आमाबुुवा, दाजुभाई र दिदिबैनीहरुको साथ पाउनेमा ढुक्क छु ।

नेपाली कांग्रेसको तर्फबाट मध्यविन्दु ४ को वडा सदस्यमा नेत्र प्रसाद पोखरेल , बर्बजन महतो , योगमाया महतो र बिमला विश्वकर्माले एकैसाथ मनोनयन दर्ता गराउनुभएको छ ।

FB_IMG_1650918518410

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस