कावासोती । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकाको उपमेयरमा स्वतन्त्रबाट २३ बर्षीया युवतीको उम्मेदवारी परेको छ ।
देवचुली १७ फारम निवासी कन्चन रेग्मीले स्वतन्त्रबाट उपमेयर पदका लागि आफ्नो मनोनयन दर्ता गराएकी हुन् । रेग्मी सामाजिक अभियान्ता समेत हुन ।
उनी सहित स्वतन्त्रबाट देवचुली नगरपालिकाको अन्य विभिन्न पदमा १४ जनाको उम्मेदवारी परेको छ ।