२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

जनताले चाहेको विकासको कार्यलाई कार्यन्वयन गर्न एमाले लाग्छ : रोशन गाहा

२०७९ बैशाख २६, सोमबार प्रकाशित ( साल अघि) ६७४ पाठक संख्या

 

कावासोती । जनताले चाहेको विकासको कार्यलाई कार्यन्वयन गर्न नेकपा एमाले लागि परेको नेकपा एमाले गण्डकी प्रदेश सासंद रोशन गाहा मगरले बताउनुभएको छ । नेकपा एमाले देवचुली वडा नम्बर ४ ले झाक्रेमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दे गाहाले दुइ तिहाइले एमालेले यो चुनाव जित्ने भन्दै एमाले नै अबको विकास कार्यन्वयन गर्ने बताउनुभयो । उहाँले कांग्रेसले मत पाएर चुनाव जितेको भए पनि जनताको मर्मर र भावना बुझ्न नसकेकोे भन्दै अब जनताले नेकपा एमालेलाई मत दिनुपर्ने बताउनुभयो ।

अब एमालेले समृद्धी देवचुली सुशी देवचुली बनाउने अभियानमा रहेको बताउनुभयो । प्रदेश र केन्द्रको सरकारमा रहदा साढे तिन महिनामा र्दु्रत गतिले विकासको काम गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार हरी न्यौपानेले अब विकास एमालेले नै गर्ने बताउनुभयो । नेकपा एमालेले भुमि आयोग बनाएको बताउदै आयोगले काम गर्दे जादा ओली नेतृत्वको सरकार ढले पछि आयोग नै विघटन हुदा समस्या समाधा हुने निश्चीत भए पनि त्यो हुन नसकेको तर अब एमाले सरकारले यो कर्यलाई प्राथमिता दिएर लाग्ने बताउनुयो ।

नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार गिरबहादुर थापा रामले आफु वडा अध्यक्ष रहदा वडाको विकासका काम गरेको बताउनुभयो । उहाँले वडाको खेल मैदान , बाटो निर्माण , युवा क्लव,आमा समुह सहयोग लगाएत धेरै काम गरेको भए पनि एमालले काम गर्न नसकेको भ्रम फैलाएको बताउनुभयो । सुकुम्बासी समस्या समाधन हुनै लाग्दा केपी ओली सरकारले निर्माण गरेको भुमि आयोग खारेज गरे पछि सुकुम्बासीलाई पुर्जा प्रदान गर्न नसकेको बताउनुभयो ।

आयोजित कार्यक्रममा नेकपा एमालेका जिल्लाका सीर्सनेताहरुको समेत उपस्थीत रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस