कावासोती । बैशाख ३० गते हुने स्थानियतहको निमर्वाचनको तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यलय नवलपुरले जानकारी गराए अनुसार नवलपुरका सबै स्थानियतहमा मतदानका लागि आवस्यक पर्ने तयारी सकिएको जनाएको छ ।
नवलपुरका लागि मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार पालिकाका सबै वडामा निर्वाचन आयोगले खटाएका कर्मचारी खटिएको र उनिहरुले मतदानका लागि आवस्यक पर्ने सामाग्रि संगै वडाका सर्वदलिय छलफल सकेर ३० गते मतदान कार्यक्रम तयारी गराएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो ।
अहिले मतदान केन्द्रमा बुथ निर्माण , मतगणना स्थलमा सिसि क्यामेरा जडान संगै अन्य तयारी समेत सकिएको छ । जिल्लामा १ सय १३ मनदान केन्द्र रहेका छन ।