२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा छूट

२०७९ जेष्ठ २४, मंगलबार प्रकाशित ( साल अघि) ९१७ पाठक संख्या

काठमाडौं (अस) । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पोखराको अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छूट पाउने भएका छन् । विद्यार्थीलाई केही समयका लागि रमाइलो गराउने उद्देश्यले उक्त छूटको घोषणा गरिएको कम्पनीले बताएको छ ।

उक्त छूट लिन विद्यार्थीले यस वर्ष कक्षा १२ मा सहभागी भएको परीक्षाको प्रवेशपत्र अनिवार्य देखाउनुपर्नेछ । यो योजना २६ जेठदेखि ३ असारसम्म कायम रहने कम्पनीको भनाइ छ ।

पोखराको सेती बगरदेखि सराङ्कोटसम्म सञ्चालनमा रहेको उक्त केबलकारबाट करीब १० मिनेटमा सेती बगरदेखि सराङ्कोट पुग्न सकिने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस