२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

आफैँ सहचालक रहेको बसले किच्दा २३ वर्षीय युवकको मृत्यु

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित ( साल अघि) १०८६ पाठक संख्या

आफैँ सहचालक रहेको बसले किच्दा चितवनमा एक युवकको मृत्यु भएको छ।

पृथ्वी राजमार्गमा पर्ने इच्छाकामना गाउँपालिकाको मौवाखोलामा आज बिहान ४ बजे बा ५ ख ७८४३ नम्बरको बसले ठक्कर दिँदा सोही बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सहचालक दाहाललाई ठक्कर दिएको थियो।

दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस