२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

शुभ अवसर ग्राम नेपालद्वारा सन्जाललाई आर्थिक सहयोग

२०७९ अषाढ २७, सोमबार प्रकाशित ( साल अघि) ८३२ पाठक संख्या

काठमाडौ ।  शुभ अवसर ग्राम नेपालले लैङ्गिक हिंसा नियन्त्रण संजाल काठमाडौलाई रु तीस हजारको आर्थिक सहयोग गरेको छ ।

सोमबार काठमाडौ जिल्ला प्रहरी परिसरमा आयोजित एक कार्यक्रमको बिचमा शुभ अवसर ग्राम नेपालकि कार्यकारी निर्देशक सिस्टर एन्थोनियाले प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहरालाई प्रदान गर्नु भएको हो ।

Received_1474842606656014

कार्यक्रममा शुभ अवसर ग्राम नेपाल का कार्यक्रम व्यवस्थापक बिकास ढुंगानाले नेपाल प्रहरी र सामाजिक सस्थाहरुको सहकार्यले मात्रै समाजमा ब्याप्त अपराध न्यूनीकरण हुने र मानव बेचबिखन जस्ता जघन्य अपराध बाट बालिका किशोरी जोगिन सक्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले नेपाल प्रहरी लैङ्गिक हिंसा रोक्न प्रयत्नशील रहेको र सामाजिक सस्थाहरुको सहकार्य निरन्तर हुनु पर्ने बताउनु भयो । कार्यक्रममा काठमाडौ जिल्लाका १४ प्रहरी बृत्त अन्तर्गत रहेको महिला बालबालिका शाखा प्रमुखहरुले काम गरेको स्थान को अनुगमन आवश्यक रहेको र शहर भित्रै बेचबिखनको घटना बढ्दै गएको बताएका थिए त्यसैगरी शहरका नाकाहरुमा सबैले निगरानी बढाउनु पर्नेमा जोड दिएका थिए  ।

त्यसैगरी प्रहरी निरीक्षक सपना खड्काले सस्थाहरु सङ समन्वय रहेको र आउने दिनहरूमा सामाजिक सस्था र प्रहरी मिलेर सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।  शुभ अवसर ग्राम नेपालकि हिमा बोहराले सस्थाको प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा सिस्टर एन्थोनिया,  ब्लु डाइमन्ड सोसाइटीकि पिन्की गुरुङ , अधिवक्ता भिम धिमाल लगायतले मन्तव्य राखेका थिए ।

लैङ्गिक हिंसा नियन्त्रण संजाल नेपाल प्रहरीको नियमावली २०७१ अनुसार प्रहरी बाट गठन भएको संजाल हो । संजाल ले लैङ्गिक हिंसा प्रभावितहरुको सहयोगको लागि कोषको स्थापना गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस