२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा हात–खुट्टा गुमाएका मानिसले पाए नयाँ जीवन

२०७९ अषाढ २९, बुधबार प्रकाशित ( साल अघि) ८४७ पाठक संख्या

नवलपुर ।  नवलपुरमा कृतिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरूले नयाँ जीवन पाएका छन् ।

नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्रको स्थापनाले अंग नहुनेहरू कृतिम अंग फेरिएपछि आत्मनिर्भर भएका छन् ।

नवलपुरको कावासोती– १६ डण्डाका विकास तामाङको जन्मदै बायाँ खुट्टा थिएन् । तर पनि उनी अहिले स्वरोजगार छन् । खुट्टा नभएर केही गर्न सकिन्न कि भनेर निराश भएका तामाङ अहिले कृतिम खुट्टा पाएपछि आफू र आफ्नो परिवारको दैनिकी चलाउँदै आएका छन् ।

नवलपुरमा कृतिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरूले नयाँ जिवन पाएका हुन् । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्र स्थापनापछि अंग नहुनेहरू खुशी भएका छन् । अरूको सहारामा हिँडने गरेका तामाङ अहिले सोही सवल केन्द्रमा अरूको हाथ तथा खुट्टा जडान गर्ने कार्यमा लागेका छन् ।

तामाङ जस्तै नवलपुरको देवचुली नगरपालिका– ४ का जंगबहादुर रुचाल पनि कृतिम खुट्टाकै सहारामा कृषि पेशा गरिरहेका छन् । केही वर्षअघि सवारी दुर्घटनामा परेका रुचाललाई सवल केन्द्रले कृतिम खुट्टा जडान गरि दिएपछि उनी आफै कृषिको काम गर्न सक्ने भएका हुन् ।

तामाङ र रुचाल जस्तै ७३ जनाले सवल केन्द्रबाट कृतिम खुट्टा तथा हाथ जडान गरेर आफैं केही गर्न सक्ने भएका छन् । सवल केन्द्रको स्थापनापछि नवलपुरसहित बाहिरी जिल्लाका अपाङ व्यक्तिहरू पनि कृतिम हात तथा खुट्टा लगाउन आउने गरेको सवल केन्द्रका संयोजक गोविन्द रेग्मीले बताउनुभयो ।

चौधरी फाउण्डेसनले भगवान महावीर विकलाङ्ग सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृतिम हात खुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । अहिले नेपालका विभिन्न स्थानमा सवल केन्द्र स्थापना गरेर हात, खुट्टा नभएकाहरूले कृतिम हात, खुट्टा जडान गर्न पाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस