२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासाेतीमा काेरा साइकल च्यालेन्ज

२०७९ अषाढ ३२, शनिबार प्रकाशित ( साल अघि) ६९८ पाठक संख्या

कावासाेती । साइकल प्रयाेगकाे सन्देश दिन आज कावासाेतीमा काेरा साइकल च्यालेन्ज भएकाे छ । स्वास्थ्य ,वातावरण , इन्धनको खपत घटाउने लगायतका दृष्टिले साइकलिङ महत्त्वपूर्ण रहेकाले यसैकाे सन्देश दिन कार्यक्रम गरिएको हाे ।

बिहान कावासाेती नगरपालिका परिसरबाट सुरु भएकाे काेरा साइकल च्यालेन्जका सहभागीहरुले कावासाेती ,हुप्सेकाेट मध्यविन्दु हुदै ५० किलोमिटर यात्रा तय गरेका छन् ।
काेरा च्यालेन्जमा नवलपुर सहित विभिन्न जिल्लाका साइकलिष्टहरुकाे सहभागीता रहेकाे थियाे ।

काेरा साइकल च्यालेन्जकाे कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले रिबन काटेर उद्वघाटन गर्नु भएको थियाे । साे क्रममा बाेल्दै नगर प्रमुख भुसालले साइकलिङ स्वास्थ्यका लागि लाभदायक भएको बताउनुभयो । साइकल चलाउनु शारीरिक स्फुर्तीका लागि जति महत्त्व छ ,इन्धनको खपत कम गरि राज्यकाे इन्धनमा हुने खर्च जाेगाउन समेत यसकाे महत्त्व उतिनै रहेकाे बताउनुभयाे । अर्का तर्फ इन्धनको प्रयाेगले हुने वातावरण प्रदुषण कम गराउन समेत साइकलीङले सहयाेग पुग्ने नगर प्रमुख भुसालले बताउनुभयो ।

युवाहरुले सकारात्मक सन्देश दिने गरि कार्यक्रम गरेकाेमा उहाँले धन्यवाद दिनुभयो । साइकल प्रयोगका विभिन्न फाइदा रहेकाले देशका विभिन्न शहरमा साइकल लेन बनाउने क्रम बढ्दाे छ ।

कावासाेती नगरपालिकाले समेत आगामी आर्थिक वर्षबाट सडकमा साइकल लेन बनाउने याेजना बनाएकाे छ । बजारक्षेत्रकाे कुनै एक सडकबाट साइकल लेनकाे अवधारणा सुरु गर्ने नगरकाे तयारी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस