२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

भृकुटी कागज कारखाना सार्न सरोकार समितिको आग्रह

२०७९ श्रावण १, आईतबार प्रकाशित ( साल अघि) १४९९ पाठक संख्या
 नवलपुर- चीन सरकारको सहयोगमा पूर्बी नवलपरासीको गैंडाकोटमा ४२ बर्ष अघि संचालनमा आएको नेपालको सबै भन्दा ठुलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएको झण्डै १२ बर्ष भयो ।
लामो समयसम्म बन्द अबस्थामा रहेको यो चर्चित कागज कारखाना संचालनमा आउने अझै कुनै छनक छैन ।
अब त यसका संरचनाहरु पनि खण्डहरमा परिणत हुँदै जान थालेका छन ।  कुरुप र खण्डहर बनेको भृकुटी कागज कारखानाका मेशिनसँगै सबै सामानहरु अहिले लथालिंग अबस्थामा छन ।
२०३७ सालदेखि संचालित यो कारखाना २०४८ सालमा सरकारले निजीकरण गर्ने नाउँमा गोल्छा अर्गनाईजेशनलाई रु ३० करोड ९८ लाखमा बिक्री गरेको थियो ।
निजीस्तरमा संचालनामा आएको भृकुुटी कागज कारखाना २०६७ सालमा बन्द भएको हो ।
बन्द भएपछि यसका करोडौंका सामानहरु नष्ट भएर जान थालेका छन ।
खण्हर बनेको भृकुटी कागज कारखाना । तस्वीर : कल्पना कुँवर, नवलपुर ।
अहिले भृकुटी कागज कारखाना खण्डहर जस्तै बनेको भृकुटी कागज कारखाना सरोकार समितिका संयोजक सामाजिक अभियन्ता बेदप्रसाद गौडेल बताउनुहुन्छ ।
गैंडाकोट नगरपालिकाको वडा नं २ मा राजमार्गसँगै रहेको यो कारखाना २०६७ देखि बन्द भएपछि स्थानीयले चासो राख्दै आएका छन तर उनीहरुको चासोलाई सरोकारवाला कसैले पनि वास्ता गरेका छैनन ।
खण्डहर बनेको यो कारखानाको दीर्घकालिन समाधान खोज्न भृकुटी कागज कारखाना सरोकार समिति गठन गरिएको छ ।
अहिले यो सरोकार समितिले कारखानाको स्थानान्तरणमा ध्यान दिन स्थानीय सरकार ,नेपाल सरकार ,प्रदेश सरकार र गोल्छा अर्गनाईजेशनलाई ध्यानकर्षण गराएको छ ।
अहिले खण्डहर बनेको भृकुटी कागज कारखाना अजिगंर ,बिषालु सर्प, बाघ ,स्याल लगायतका जनावरको बास्स्थान बनेको छ । र कुुलतमा लाग्ने युवाहरुको लुक्ने स्थल पनि भएको छ । यस्ता समस्या बढ्दै गएपछि सरोकार समितिले यसको स्थानतरणमा बिशेष ध्यान दिन आग्रह गरेको समितिका कोषाध्यक्ष हरिराम सापकोटाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
सरोकार समितिले भृकुटी कागज कारखानाको स्थानान्तरणलाई मुख्य मुुद्दा बनाएर स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस