२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर प्रशासनको आदेश : जिल्लाबासी सबैले अनिवार्य मास्क लगाउनू

२०७९ श्रावण २, सोमबार प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

नवलपुर । कोरोना भाइरसको जोखिमलाइ ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले स्वास्थ्य सर्तकता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ ।

कोभिड १९ को संक्रमण रोकथाम र उपचार ब्यवस्था सम्वन्धमा आइतवार बसेको बैठकका सिफारिसमा आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधरणमा आग्रह गरेको छ ।

प्रमुुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा जारी आदेशमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात हुने, सामाजिक दुरी कायम गर्नुपर्ने उल्लेख छ ।

आदेशमा सरकारी वा सार्वजिनक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा संघसंस्थामा सेवा लिदा र दिदा अनिवार्य रुपमा मास्क गर्नुपर्ने उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस