२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एकै महिनामा थपिए पाँच हजार नयाँ मतदाता

२०७९ श्रावण ५, बिहिबार प्रकाशित ( साल अघि) ७६८ पाठक संख्या

ज्ञानु पंगेनी

कावासोती । नवलपुरमा एक महिनाको अवधिमा पाँच हजार ५ सय २२ जना नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका कार्यालय प्रमुख लाल प्रसाद भुसालका अनुसार जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गरेर गत असार महिनामा मात्रै पाँच हजार ५ सय २२ जना नयाँ मतदाता थपिएको जानकारी दिनुभयो ।

जसमध्ये महिला दुई हजार ६ सय ५८ र दुई हजार ५ सय ६४ जना पुरुष रहेको भुसालले जानकारी दिनुभयो । दुई हजार ८ सय २१ जनाले निर्वाचन कार्यालय र दुई हजार ४ सय एक जनाले प्रशासनबाट नयाँ मतदाता नामावली बनाएका हुन् । नामावली सच्चाउनेको संख्या ७४ , नामावली सार्नेको संख्या ५८७ र अध्यावधिक गर्नेको संख्या ६६१ रहेको छ ।

यसैबीच विगत एक हप्तादेखि जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली बनाउनेको संख्या ह्वात्तै बढेको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सरकारले असार एक गतेदेखि सुरु गरेको थियो । सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । तर असार अन्तिमतिर आएर सेवाग्राहीको संख्या ह्वात्तै बढेपछि कार्यालयलाई सेवा दिन समेत हम्मे हम्मे परेको छ ।

 

जिल्लाको पहाडी तथा ग्रामिण भेगबाट गाडी नै रिजर्ब गरेर मतदाता नामावली दर्ता गर्न ओने गरेका छन् । सेवाग्राहीले घण्टौँसम्म कुर्नुपरेको गुनासो गरेका छन् । मतदाता नामावली संकलन कार्यक्रम अन्तरगत नयाँ मतदाताको नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सकिन्छ । तर अहिले कार्यालयमा आएका अधिकाशं नयाँ मतदाता रहेको कार्यालय प्रमुख भुसालको भनाई छ ।

 

सरकारले आउदो मंसिरमा निर्वाचन गर्ने तयारी गरेको छ । जसलाई लक्षित गरेर मतदाता नामावली संकलन कार्यक्रम संचालन भएको हो । निर्वाचन घोषणा हुन अघिसम्म यो कार्यक्रम सञ्चालन हुने भुसालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस