२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

भरतपुरमा ट्रक र बलेरो एक आपसमा ठोकिदाँ दुई घाइते

२०७९ श्रावण ५, बिहिबार प्रकाशित ( साल अघि) ५९३ पाठक संख्या

चितवन । भरतपुरमा ट्रक र बलेरो एक आपसमा ठोकिदाँ दुई जना घाइते भएका छन् । भरतपुर महानगर २९ भतेरी जङ्गलको ओरालो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा दुर्घटना भएको हो ।

आज (बिहिबार) बिहान ७ बजे मुग्लिङबाट नारायाणगढ तर्फ जादै गरेको बागमती प्रदेश ३-००१ ख २२२० नम्बरको डिब्बा ट्रक र विपरीत दिशाबाट आउदै गरेको बा १३च २२८७ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिएको थियो ।जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार दुर्घटनामा घाइते हुनेमा बलेरो चालक धादिङका वर्ष १८ को समिर नेपाली र बलेरोमा सवार भारत मोतीहारीका वर्ष ४५ को दिलिप गुप्ता रहेका छन् । दुवैको अवस्था मध्यम रहेको छ । घाईतेको भरतपुर अस्पतालमा उपचार भई रहेको छ ।

दुवै सवारी साधन र डिब्बा ट्रक चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस