२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ८५ प्रतिशत धान रोपाइ

२०७९ श्रावण १०, मंगलबार प्रकाशित ( साल अघि) ५९० पाठक संख्या

 

दयाराम आचार्य 

कावासोती । नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । साउनको पहिलो साता सम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताउनुभयो ।

जिल्लाको तल्लो क्षेत्र गैंडाकोट, देवचुली,कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइ सकिएको छ । पहाडी क्षेत्रमा पर्ने बौदिकाली, बुलिङटारमा भने सरदर कम रोपाइ भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

असार मसान्त सम्ममा सबै क्षेत्रमा धान रोपाई  ९० प्रतिशत कुट्नुपर्ने भएपनि असारमा पानी कम परेका कारण समेत रोपाइ ढिलो भएको छ । कतिपय चैतेधान लगाएका, मकै लगाएका किसानहरूले अब बल्ल रोपाइँको तयारी गरेको उहाँले बताउनुभयो । साउन १५ सम्ममा जिल्लामा रोपाइ सकिने उहाँको भनाई छ । ‘धेरै जसो किसानले धान रोपाइ सकेकाछन् , चैते धान लगाएका, मकै लगाएका किसान भने अब रोपाइको तयारीमा छन्’ सूचना अधिकारी पौडेलले भन्नुभयो –साउन १५ सम्म नवलपुरमा लगभग रोपाइ सकिन्छ ।

नवलपुरमा शत प्रतिशत धान रोपाइ हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । धान लगाउने समय अझै बाँकी रहेकाले शत प्रतिशत रोपाइ सम्पन्न हुने अनुमान गरिएको उहाँले बताउनुभयो । जिल्लामा स्थानीय जातका धान सावित्री, सावा , रामधान बढिमात्रामा लगाइएको सूचना अधिकारी पौडेलले बताउनुभयो । केही मात्रामा हाइब्रिड धान समेत लगाइएको उहाँले बताउनुभयो । गतवर्षहरूमा बिउका कारण कतिपय धानमा बाला नलागेकाले समस्या परेका कारण अहिले बिउ छर्ने सिजनमानै एग्रोभेटहरुलाई सूचिकृत नभएका धान बिक्री बितरण नगर्न भनिएकाले यस पटक त्यस्तो समस्या नआउने सूचना अधिकारी पौडेलले बताउनुभयो ।

बिउका कारण कहिले काँही धान उत्पादनको समयमा बाला नलाग्ने लगायतका समस्या देखिने गर्दछ, त्यस्तो नहोस् भन्नका लागि हामिले जिल्लाका एग्रोभेटहरुलाई सूचिकृत नभएका बिउ बिक्री नगर्न सचेत गराएका थियौं’ सूचना अधिकारी पौडेलले भन्नुभयो –अहिले बिउको कारणले उत्पादनमा समस्या पर्दैन । नवलपुरको तल्लो क्षेत्रहरू गैंडाकोट, अमरापुरी, हर्कपुर, रजहर, दलदले, कावासोतीको पिठौली, अग्यौली, मध्यविन्दु , कोल्हुवा, क्षेत्रमा धेरै धान खेती लगाउने गरिन्छ । नवलपुरमा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस