आइतवार गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतम, बलियो नेपालका सिइयो डाक्टर अतुल उपाध्याय र चौधरी फाउण्डेशनको तर्फबाट फाउण्डेशनकी कोषाध्यक्ष सारीका चौधरीले अभियानको उद्घाट गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले महिलाहरुका लागि आयोजना गरएको यो अभियानले महिलाहरुलाई उद्यमी बनाउन प्रेरीत गर्ने बताउनुभयो ।
महिला उद्यमी भए समाज, गाउँ र राष्ट्र आर्थिक दृष्टीले बलियो र सबल हुने बताउभयो । यो अभियान महिलाहरुका लागि ठुलो अवसर भएको बताउनुभयो । ‘महिलाहरुका लागि यो ठुलो अवसर हो, प्रतिनिधीसभा सदस्य एवं उद्योगपती बिनोद चौधरीकै सहयोगले संचालन भएको यो अभियानमा सहभागि हुन पाउनुभएको छ’ तालिममा सहभागि प्रति लक्षीत गर्दे यस्तो बताउनुभयो । अझै पनि श्रीमानकै भरमा आफ्नो खर्च चलाएका महिलाहरुलाई यस्ता तालिमले आफै उद्यमी भएर केही गर्न सक्छने बताउनुभयो ।
उहाँले चौधरी फाउण्डेशन र बलियो नेपालले गरेको कार्यक्रमले पक्कै पनि उद्यमी महिला निकाल्ने विश्वास व्यवक्त गर्नुभयो । फरक प्रसंगमा प्रदेशसभा सदस्य गौतमले नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपती बिनोद चौधरीले समाजमा गरेको योगदानलाई भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै चौधरी फउण्डेशनकी कोषाध्यक्ष सारीका चौधरीले फाउण्डेशनले महिलाहरुलाई उद्यमी बनाउन सिकाउने अभियानमा रहेको बताउनुभयो । उहाँले बलियो महिला कार्यक्रममा महिलाहरु घरै बसेर उद्यमी भइ आर्थिक आर्जन गर्न सकोस भन्ने नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।
अभियान उद्घाटन कार्यक्रममा मध्यवन्दु नगरपालिकाका पूर्व नगर उपप्रमुख ओमकुमारी महतोले महिलाहरुले पनि धेरै काम गर्न सक्छन तर उनिहरुलाई अवसर नहुदा बाध्यताले खुम्चिन परेको बताउनुभयो । तर चौधरी फाउण्डेशन र बलियो नेपालले ल्याएको यो कार्यक्रम एउटा अवसर भएको समेत बताउनुभयो । यो अवसरलाई महिलाहरुले व्यवाहरिकतामा ल्याएर उद्यमी बन्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बलियो नेपालका तर्फबाट सिइयो डा.अतुल उपाध्यायले बलियो नेपालले विशेष गरेर निम्न स्तरका महिलाहरु जो केवल श्रीमानको भरमा मात्र आफ्नो घर र आफ्नो खर्च चलाउछन त्यस्ता महिलाहरुलाई सिप प्रदान गरि उनिहरुलाई उद्दमी बनाउने अभियानमा रहेको बताउनुभयो ।
बलियो महिला उद्घाटन कार्यक्रममा आफूहरुले यहाँ सिकेका तालिमलाई व्यवहारमा उतारि महिलाहरुले केहि गर्न सकोस भन्ने उद्देश्य राखी तालिममा सबल बनाएर पठाइने प्रशिक्षक एवं खाद्य बैज्ञानीक हुमा बोक्खीमले बताउनुभयो ।
आयोजित अभियानको उद्घाटन कार्यक्रममा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे , मध्यविन्दु नगरपालिकाका पूर्व उपप्रमुख ओमकुमारी महतो, खाद्य बैज्ञानीक हुमा बोक्खीम, स्मीता गुरुङ , पत्रकार लगाएतको उपस्थीत रहेको थियो । आफुहरुलाई सिप प्रदान गरेको र पाएको सिपलाई व्यवहारमा उतार्ने गरि आफुहरु लाग्ने तालिममा सहभागि महिलाहरुले बताए । कार्यक्रमको सहजीकरण हरि अधिकारीले गर्नुभएको थियो । एक साता सम्म संञ्चालन हुने तालिममा स्थानिय महिलाहरुले बेकरी र घरमै उत्पादन गर्न सक्ने लिटो बनाउन सिक्ने छन ।