२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा टायर बालेर सडक अवरोध

२०७९ भाद्र ७, मंगलबार प्रकाशित ( साल अघि) ४१३ पाठक संख्या

नारायण शर्मा

नवलपरासी — मंगलबार नेपाल बन्दको आह्वान गरेको नेकपा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले सदरमुकाम कावासोतीस्थित महेन्द्रराजमार्ग अवरोध गरेका छन् ।

 

बिहान साढे १० बजे जिल्ला प्रहरी कार्यालयबाट ८ सय मिटर पश्चिम महेन्द्रराजमार्गमा टायर बालेका हुन् । मोटरसाइकलमा आएका २ जना बन्दकर्ताले टायर बालेर भागेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

 

बिहानैदेखि बन्दका कारण पूर्वी नवलपरासी प्रभावित भएको छ । महेन्द्रराजमार्गमा बिहानैदेखि सार्वजनिक बस सेवा फाट्टफुट मात्र चलेका छन् । लोकल बस नचलेका कारण राजमार्गमा चहलपहल कम छ ।

 

शैक्षिक संस्था र कलकारखाना बन्द भएका छन् । राजमार्गमा फाट्टफुट्ट मालबहाक गाडी चलेको देखिन्छ । मुख्य सडकका पसल पातलो खुलेका छन् । भित्रि सडकमा निजी सवारी साधन मात्र सञ्चालन भएका छन् । सार्वजनिक यातायात सञ्चालन नभएका कारण बजारमा सर्वधारण त्यत्ति देखिएका छैनन् ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%

प्रतिक्रिया दिनुहोस