कावासोती । आगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता श्रीधर शर्माले उम्मेदवारी दिने भएका छन् ।
सरकारले निर्वाचनको घोषणा गरे सँगै शर्माले नवलपुर क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले राजनीतिक र सामाजिक अभियानबाट आफू चिनिएको हुनाले जनताको विश्वास बोकेर प्रदेश सभामा प्रतिनिधित्व गर्दै आफ्नो क्षेत्रका आम नागरिकको सेवा गर्ने उदेश्य रहेको बताए ।
२ दशक देखि सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल भएर काम गरेको अनुभवका आधारमा यस क्षेत्रका आम नागरिकको प्रतिनिधित्व गर्दै यस क्षेत्रलाई न्याय दिन सक्ने र प्रदेश सभाको गरिमालाई कायम गर्न सक्ने योग्य उम्मेदवार आफू भएको शर्माले दावी गरे ।
राजनीतिका साथै शिक्षा, खेलकुद, सामाजिक अभियानमा निरन्तर क्रियाशिल शर्मा नेपाल तरुण दलको केन्द्रिय प्रतिनिधि ,पार्टीका जिल्ला सदस्य ,पुर्ब महाधिवेशन प्रतिनिधि , देवघाट क्षेत्र बिकास समितिका पुर्ब कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका ब्याक्तित्व हुन्न । कानुनविद ,लेखापरीक्षकको हैसियतले पनि शर्मा आर्थिक र प्रशासकिय अनुभवी मानिन्छन् ।
२०४७ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शर्मा केन्द्रीय संगठन बिभाग सदस्य समेत भएका थिए । शर्माले आफु पुराना नेता भएपनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफु पछाडि परेको बताए ।
उम्मेदवारी पार्टीका साथीहरुको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन् भन्दै आफुले पनि धेरैपटक पार्टीको लागि त्याग गरेको स्मरण गराए ।
शर्माले यदि नेपाली कांग्रेस पार्टीले पार्टीको आधिकारिक टिकट दिएमा आउदो मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनबाट अत्याधिक बहुमतका साथ विजयी हुने आट र विश्वासका साथ उम्मेद्वारी दिन लागेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘ पार्टीले टिकट दिने विषयमा पूर्णतः आशा तथा विश्वास रहेको छ ।’