कावासोती । नवलपुरमा प्रहरीले ४४४ बोरा रासायनिक मल बरामद गरेको छ ।
आइतबार पूर्व पश्चिम राजमार्गको कावासोति नगरपालिका १६ चालिसकिलो जगंलमा विना भरपाईको ४४४ बोरा मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी सन्तोष पाठकले बताउनुभयो ।
उँहाका अनुसार पश्च्मिबाट पूर्व तर्फ आउदै गरेको लु २ ख ६०१५ नम्बरको ट्रकमा विना भरपाईको मल बरामद गरेको हो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर छ ।
प्रहरीले कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।