२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

नारायण शर्माको स्वास्थ्य अवस्था बुझ्न कार्की पाटन अस्पताल पुगे

२०७९ आश्विन ६, बिहिबार प्रकाशित ( साल अघि) ४७७ पाठक संख्या

कावासोती । नेपाली कांग्रेसका नेता बिष्णु कुमार कार्कीले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण प्रसाद शर्माको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शर्माको स्वास्थ्य अवस्थाबारे बुझ्न कार्की बुधबार दिउँसो ललितपुरस्थित पाटन अस्पताल पुगेका हुन् । त्यहाँ उनले शर्माको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पनि कुरा गरेका थिए ।

शर्मालाई पेटको शल्यक्रिया गर्नुपर्ने देखिएपछि ९ दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

अध्यक्ष शर्माको स्वास्थ्य अवस्था बुझ्न् केही दिनअघि एमालेका केन्द्रीय सदस्य तिलक महत , नेता रोशनबहादुर गाह , जिवन श्रेस्ठ , देबचुलिकि उपमेयर पार्बता श्रेष्ठ लगायतका शुभ-चिन्तकहरु पुगेका थिए ।

Received_617963610032242

Received_802069461040889

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस