काठमाडौँ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने निधो भएको छ ।
खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय च्यासलमा एक कार्यक्रमबीच एमाले प्रवेस गराउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
एमालेमा आवद्ध हुन लागेका खनालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी समेत भएको छ।
निर्वाचन क्षेत्र अहिलेसम्म तय नभएको र आफू एमालेमार्फत राजनीतिमा आउने निर्णय गरेको खनालले बताएका छन् ।