२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा दिव्य नवरात्री ब्रतमहोत्सव भव्य रुपमा मनाउने तयारी

२०७९ आश्विन ९, आईतबार प्रकाशित ( साल अघि) ७९८ पाठक संख्या

कोल्हुवा । नवदुर्गा भवानीको विजय उत्सव सँगै दिव्य नवरात्री ब्रतमहोत्सव एवम् विजयादशमीको पावन उपलक्ष्यमा श्री नवदुर्गा भगवती मन्दिर मध्यविन्दु न.पा.-२ कोल्हुवामा भव्य रुपमा मनाउने तयारी गरीएको छ । हरेक वर्ष झै यस वर्ष पनि कोल्हुवामा “नवदुर्गा भवानीको विजय उत्सव” मनाउने तयारी तिव्र पारीएको दुर्गा मन्न्दिरका मूल आयोजक समितिले जनाएको छ ।

FB_IMG_1664123276425

मध्यविन्दुको कोल्हुवामा यहि असोज १० गतेदेखि १८ गतेसम्म चल्ने नवरात्र हाम्रा रिती रिवाज, परम्परा, दिव्य नवरात्री ब्रतमहोत्सव एवम् श्रीमद्देवी भागवत महापुराण (शक्ति कथा) , धर्मीक भजन,संकृतन झल्कने खालका कार्यक्रम विच भव्य रुपमा मनाईन लागीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरस्वती पन्थीले जानकारी दिनुभयो । यस दुर्गा मन्दिरमा श्रीमद्देवी भागवत महापुराण भागवतलङ्कार पं. ऋषिराम शरणको मुखारविन्दबाट संगीतमय शैलीमा बाचन हुने र पुजा अवधीभर धार्मिक प्रवचन र भक्तिसंगित, सामुहीक रुद्री, ग्रहजप लगायतका कार्यक्रम गरिने समितिले जनाएको छ । त्यसैगरी वेद चण्डी, रुद्री, धार्मिक प्रवचन, सन्ध्याकालिन पूजा ,चण्डी पाठ, नव दुर्गा पुजा ,फूलटिका, भागवत महापुराण बाचन ,राती ८ बजेदेखि १२ बजेसम्म भजन, संकृतन र लगाएतका कार्यक्रम नियमीत रुपमा सञ्चालन हुने अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।

FB_IMG_1664123276425

विधिवत रुपमा राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी मनाउने तयारी गरीएको छ । दशमी नवरात्र आयुध-पूजा नेपालीहरूको प्रमुख चाड भएकाले यस पर्वलाई सभ्य, भव्य र मर्यादित तवरले मनाउनूपर्नैमा मध्यबिन्दु – २ का वडाध्क्षय रामभक्त अधिकारीले जोड दिनूभएको छ ।

FB_IMG_1664123294576

त्यस्तै कोल्हुवा दुर्गा मन्दिर व्यवस्थापन समितिका सचीव मीन बहादुर थापाले यहाँको धार्मीक एवम् सांस्कृतिक महत्व बोकेको यस र्दुगा मन्न्दिरको कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न यहांका होटल व्यवसायी, निमार्ण व्यवसायी, यातायात व्यवसायी, पत्रकार, राजनितिक दल, जनप्रनिधि, नागरीक समाज लगायत सरोकारवाला सवैले आफ्नो क्षेत्र वाट गर्न सकिने आर्थीक, भौतिक, भावनात्मक, उत्प्रेरकको सहयोग र सहकार्यका लागी अपील गर्नू भएको छ । सो कार्यक्रममा मध्यबिन्दुमा रहेका सम्पूर्ण हिन्दु धर्मालम्वीहरु साथै अन्य धर्मावलम्ली विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु, संचारकर्मीहरु, लगायत सम्पूर्ण धार्मिक मनहरुलाई कार्यक्रममा उपस्थिति भै कार्यक्रम भव्य एवं सभ्य रुपमा सफल बनाइदिन समेत अनुरोध गर्नु भएको छ ।

FB_IMG_1664123273442

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस