२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा विश्व रेविज दिवशको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

२०७९ आश्विन १३, बिहिबार प्रकाशित ( साल अघि) ४५८ पाठक संख्या

कोल्हुवा । विश्व रेविज दिवशको सप्ताह व्यापी कार्यक्रम अन्र्तगत रेविज विरुद्ध निशुल्क खोप कार्यक्रम मध्यविन्दुमा सम्पन्न भएको छ ।

“एक स्वास्थ्यको अवलम्बन रेविजबाट शुन्य निधन” भन्ने मुल नाराका साथ मध्यविन्दुको अरुणखोला , चोरमारा र कोल्हुवामा गरी १ सय १७ वटा कुकुरहरुलाई निशुल्क खोप लगाईको पशुसेवा शाखा प्रमुख ज्ञानु प्रसाद भट्राईले बताउनुभयो ।

Received_816845309504688

आज सप्ताह व्यापी कार्यक्रमको अन्तिम दिन कोल्हुवामा ३६ वटा कुकुरलाई खोप लगाएको थियोे । मध्यविन्दु वडा नस्२ का वडा अध्यक्ष रामभक्त अधिकारीले घरमा सुरक्षाका लागी पालिने पशुहरुको स्वास्थ्य अवस्थामा ध्यान नपुराउदा पछि विभिन्न समस्याहरु निम्त्याउने भन्दै यसमा सबै सजक हुन आवश्यक रहेको बताउनुभयो । उहाँले खोपकोे महत्व बारे जानकारी दिदै स्वयम आफू पशु- स्वास्थ्यकर्मी भएकाले खोप लगाईदिरहनु भएको थियो ।

Received_1221768458370293

खोप घरमा पालिएका र सामुदायिक कुकुरहरुलाई लगाएको हो ।
यसरी निशुल्क खोप कार्यक्रम आउदा स्थानीय निकै खुशि भएका थिए । यो अभियान अझ बढि सामुदायिक कुकुरहरुको लागी प्रभावकारी देखिएको छ ।

Received_837027983974984

छाडा रहेका सामुदायिक कुकुरहरुको तथ्याङक संकलन गरी उनीहरुलाई अघिल्लो वर्ष बन्धाकरण कार्यक्रम सम्मेत सम्पन्न गरेको थियो । पशुसेवा शाखाले अब छिट्टै घाँसको बिऊ वितरण गर्ने शाखा प्रमुख भट्राईले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस