२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

चितवनमा डेङ्गुको संक्रमणबाट फेरि एक जनाको मृत्यु

२०७९ आश्विन १३, बिहिबार प्रकाशित ( साल अघि) ४७६ पाठक संख्या

चितवन । चितवनमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वीचितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीय महिला रहेकी छन् ।

 

डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए ।

 

स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो ।

 

यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो । चितवनमा बुधबारसम्म ७४३ जनामा डेंगु सक्रमण पुष्टि भएको छ । तीमध्ये ४५९ चितवनका हुन् ।

 

बाहिरी जिल्लाका १७५ र ठेगाना नखुलेका १०९ जना रहेका छन् । चार हजार ४४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको केसीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस