कावासोती । नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-३ लगुनाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, नुर्फिन ४० एम्पुल र सिरिन्ज ४ थान सहित नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका-६ कालिकाचोक बस्ने २६ वर्षीय मोहम्मद अली मियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले लु.१ ह ३१५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।