बिनोद चौधरीलाई उम्मेदवार नबनाउन देउवालाई चेतावनी
कावासोती । पूर्वी नवलपरासीवाट प्रतिनिधि सभामा उम्मेदवारी दिने भनेर चर्चामा रहेका नेपालका चर्चित उद्योगपति बिनोद चौधरीका बिरुद्ध यहाका जिल्ला तहका नेताहरुले लबिंग शुरु गरेका छन ।
जिल्ला तहका २ दर्जन भन्दा बढि नेताहरुले काठमाण्डौ स्थित बुढानिलकण्ठ निवासमा कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर मतदातासंग कहिल्यै प्रत्यक्ष सम्पर्कमा नरहेका बिनोद चौधरीलाई उम्मेदवार बनाए आफुहरुले असहयोग गर्ने चेतावनी दिएका छन । चौधरीलाई उम्मेदवार बनाउन नहुने भन्दै देउवा निवासमा जिल्लाका दुई दर्जन भन्दाबढि नेताले गत साता भेटघाट गरेका हुन ।
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा उम्मेदवार रहने भन्दै केहि सिमित कांग्रेसजनहरुसंग नियमित भेटघाटमा रहेका चौधरी स्थानिय नभएका र मतदाताले चिन्दै नचिन्ने भएकाले उनलाई उम्मेदवार बनाउन हुदैन भनेर सभापति देउवाको ध्यानाकर्षण गराएका छौ कांग्रेस महासमिति सदस्य ओमबहादुर थापाले भने मतदाताले चिन्दै नचिनेका ब्यक्तिलाई उम्मेदवार बनाउने हो भने हामीले के भनेर भोट माग्ने थापाले प्रश्न गरे । हिजो शुक्रवार पनि सभापति देउवासंगको भेटमा स्थानिय बासिन्दालाई नै उम्मेदवार बनाउन पर्ने भनेर आफुले आग्रह गरेको थापाले सुनाए । थापा कांग्रेस निकट जनजाती महासंघका केन्द्रीय अध्यक्ष समेत हुन ।
चौधरीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन नहुने भन्दै क्षेत्र नम्बर २ अन्तरगतपर्ने ४ वटै पालिकाका कांग्रेस सभापति र स्थानिय नेताहरुले देउवालाई निवासमा भेटेका थिए । बौदीकाली गाउपालिकाका कांग्रेस सभापछि केबि राना, हुप्सेकोटका सभापति बलबहादुर राना, मध्यबिन्दु नगरपालिकाका कांग्रेस सभापति दोमन भण्डारी, बिनयी त्रिवेणी गाउपालिकाका सभापति अजित थापा सहित कांग्र्रेसका जिल्ला नेताहरुको प्रनितिधि मण्डलले देउवालाई भेटेर चौधरीलाई प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा लडनेगरि उम्मेदवार बनाउनै नहुने अडान राखेका हुन । स्थानिय जनताले चौधरीलाई नचिन्ने उनीहरुको दावी छ ।
चौधरी प्रतिनिधिसभामा कांग्रेसको सांसद भएको गत ५ वर्षको अबधिमा कांग्रेसका जिल्लासभापति र प्रदेश सभासदस्यले समेत भेटन नपाएको गुनासो जिल्लामा ब्यप्त छ । कांग्रेसका सांसदले नै भेटन समेत नपाउने त्यस्ता अन्तराष्ट्रिय स्तरका नेतालाई यहा उम्मेदवार बनाउन नहुने भन्दै कांग्रेसजनमा ब्यापक असन्तुष्टि बढेको कांग्रेसका एक जिल्ला तहका नेताले सुनाए । स्थानियलाई प्राथामिकता दिन पर्छ ति नेताले भने । कांग्रेसजनको कुरा सुनेपछि सभापति देउवाले स्थानियलाई नै प्राथामिकता दिउला भनेर आश्वासन दिएको नेता थापाले सुनाए ।
कार्यकर्ताको कुरा सुनेपछि देउवाले चौधरीलाई कहावाट उम्मेदवार बनाउने त भनेर कार्यकर्तासंग प्रश्न गरेको हुप्सेकोट गाउपालिकाका कांग्रेस सभापति बलबहादुर थापाले जानकारी दिए । २०७४ सालमा कांग्रेसवाट समानुपातिक सांसद रहेका चौधरी कुनैदिनपनि जिल्ला पार्टीको सम्पर्कमै नरहेको आरोप लाग्दै आएको छ । पार्टीको सम्पर्कमा पनि आएनन पार्टीलाई कहिल्यै कुनै सहयोग पनि गरेनन थापाले भने त्यस्ताले टिकट ल्यँएभने आफै भोट माग्छन हामी उनका पक्षमा मत माग्न जनताकोमा जानै सकिन्न के भनेर जाने थापाले प्रश्न गरे नेता रिझाएर मतदाताले चिन्दैनन ।
केन्द्रमा नेताहरुलाई रिझाएकै भरमा टिकट दिने हो भने स्थानिय मतदातामा उत्साह नै आउदैन नेपाली कांग्रेस हुप्सेकोटका सभापति बलबहादुर थापा भन्छन स्थानिय मतदातासंग घुलमिल गर्दै रहेका र खोज्दा भेटिने नेता लाई नै उम्मेदवार बनाउन पर्छ । मतदाताको यहि माग छ । त्यस कारण यो निर्वाचनमा सबैले रुचाएका र सहयोगि उम्मेदवार बिष्णुकुमार कार्कीको बिकल्प छैन । कार्किलाई नै टिकट दिन पर्ने थापाले सुनाए ।
बालुवाटार स्थित देउवा निवासमा भएको भेटघाटका क्रममा क्षेत्र नम्बर २ वाट बिष्णुकुमार कार्कीलाई नै उम्मेदवार बनाउन भनेर आग्रह गरेका छौ थापाले भने । कार्कि २०७४ सालमा पनि कांग्रेसवाट उम्मेदवार थिए । उनि एमालेका तिलक महतसंग पराजित भएका हुन । कार्कि देउवा निकट हुन । पूर्वी नवलपरासीको राजनितिमा राम्र्रो पकड भएका कार्किनै बलियो उम्मेदवार रहेको अधिकांस नेता कार्यकर्ताको भनाई छ ।
आउदो निर्वाचनमा पूर्वी र पश्चिम नवलपरासीवाट उम्मेदवार हुन रुचि देखाएर केन्द्रवाटै नाम सिफारिस गराउन सफल चौधरीलाई समानुपातिकमै बस्न वा राष्ट्रिय सभामा जान कार्याकर्ताले सुझाब दिएका छन । कांग्रेसका जिल्ला नेताहरुले समेत भेटन नपाउने नेता भनेर यहा चौधरीको आलोचना हुने गरेको छ । कांग्रेसवाट सांसद हुनुअघि चौधरी एमालेवाट सांसद थिए ।
२०७४ सालमा कांग्रेसको समानुपातिक सांसद बन्न सफल चौधरी जिल्ला कांग्रेसको आमन्त्रीत सदस्य समेत हुन । गत ५ वर्षको अबधिमा उनले कांग्रेस जिल्ला कार्यसमितिको एउटा पनि बैठकमा उपश्थिती जनाएका छैनन ।
चौधरीले २०७४ सालअघि नै देबचुली नगरपालिका वडा नम्बर २ मा आफनो मतदाता नामावली सारेका हुन । दुम्कौली र दुम्कीवासमा कारखाना रहेका कारण चौधरीले यहावाट प्रतिनिधि सभामा उम्मेदवार बन्न खोजेको लख काटिएको छ । जिल्लामा मतदातासंग राम्रो सम्पर्क नभएका केहि जिल्ला नेताले चौधरीलाई नै उम्मेदवार बनाउन पर्ने अडान लिएका छन । मतदाता र जिल्ला नेतृत्ववाट चौधरीको बिरोध भएको छ ।
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा उम्मेदवार हुन बिष्णुकुमार कार्की , राजनैतिक बिष्लेशक शंकर तिवारी र उद्योगपति बिनोद चौधरीको नाम सिफारिस भएको पार्टीले जनाएको छ । पूर्वी नवलपरासी क्षेत्र नम्ब्र २ मा स्थानिय मतदाता र कांग्रेस कार्याकर्ताबाटै बिरोध भएपछि चौधरी पश्चिम नवलपरासीवाट उम्मेदवार हुन रुचि देखाएको एकथरीको बिश्लेषण छ । चौधरीलाई टिकट दिन केन्द्रीय नेताहरुको चाहाना रहेपनि चौधरी स्थानिय तहमा सम्पर्कमा नआउने नेता भएका कारण मतदाता समेत बिरोधमा देखिएको कतिपयको आरोप छ । अघिल्लो ५ वर्ष बिनोद चौधरी कांग्रेसको सांसदहुदा जिल्लामा कुनै दिन भेटन पनि पाइएन र पार्टीलाई कुनै सहयोग पनि भएन कांग्रेसका एक पूर्व जिल्ला कार्यसमितिका पदाधिकारी नाम उल्लेख नगर्ने सर्तमा भन्छन टिकट ल्याएर आफै भोट माग्छन जिल्लाका नेता कार्यकर्ता चौधरीको पक्षमा मत माग्न हिडन सक्दैनन चौधरीको गत ५ वर्षको कार्याकालको मुल्यांकन गर्ने उचित बेला यहि हो । क्षेत्र नम्बर २ मा पर्ने ४ वटै पालिकाका कांग्रेस सभापति चौधरीको बिरोधमा देखिएको ति नेताको दावी छ ।
चौधरीको काग्रेसका कार्यकर्तावाट स्थानिय तहमा बिरोध देखिएपनि उनि उम्मेदवार हुने चर्चाले मतदाता भने उत्साहित देखिएको कतिपयको बिश्लेषण छ । केन्द्रको नेता रिझाएर जिल्लाका मतदाताले पत्याउदैनन यहीको माटोमा खेलेको र जनताको शुख दुःखमा संगैरहेको नेतालाई उम्मेदवार बनाउन पर्छ एक नेताले भने चौधरीवाट त्यो अपेक्षा गर्न सकिन्न ।