कावासोती । गण्डकी प्रदेशकै लाइफलाइन भनेर चिनिने दुम्कीबास त्रिवेणी सडक खण्ड १७ वर्ष वितिसक्दा पनि जहाँत्यही छ । २०६२ सालबाट सुरु गरिएको उक्त सडकखण्ड २०६४ सालमा ट्रयाक पुरा भएको थियो ।
करिव २१ किलोमिटर उक्त सडकखण्डमा २०६४ सालताका करिव एक हप्तासम्म सामान्य सवारी साधन चलेका थिए । तर थप निर्माणको काम ठप्प भएपछि सवारीसाधन पनि ठप्प भए । सो समय हुलाकी सडकखण्डले चिनिने उक्त बाटो २०६२ सालमा गजेन्द्र मोक्षधामका पीठाधीश कमलनयन आचार्यको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि सहित १४ गाविसका जनताहरु मिलेर ट्रयाक खोली निर्माण सुरु गरेको गजेन्द्र मोक्षका स्वामी कृष्ण प्रपन्न आचार्यले बताउनुभयो।
त्रिवेणीबाट दुम्कीवाससम्म आउनैका लागि हालको प्रदेशनम्वर ५ को बर्दघाट हुँदै आउनुपर्ने वाध्यता अहिलेसम्म टर्न सकेको छैन। यदी यो सडक खण्ड सुचारु भएमा त्रिवेणीधामबाट दुम्कीवास आउनलाई अहिले प्रयोग गरिने समयको ७५ प्रतिशत बचत हुनेछ ।
सरावल गाउपालिकाको निर्बतमान अध्यक्ष राधेश्याम चौधरी भनुहुन्छ:कुनै पनि ठाउँको विकास हुनको लागि यातायातको आवश्यकता पर्दछ त्यसका लागि बाटोको महत्वपूर्ण हुने गर्दछ । धार्मिक र पर्यटकिय हिसाबले आर्थिक एवं सामाजिक विकास गर्नको लागि दुम्कीबास त्रिवेणी सडक खण्ड चाँडोभन्दा चाँडो बन्न जरुरी देखिन्छ ।
सो क्षेत्रमा पर्ने सडकखण्डमा पर्ने करिव ७ किलोमिटर चितवन रािष्ट्रय निकुञ्जको क्षेत्र पर्ने भएकाले जेनतेन सावरी साधन चलेको बाटोलाई राष्ट्रिय निकुञ्जले बन्द नै गरिदिएको बिनय त्रिवेणी वाड न स् ६ का वडाअध्यक्ष नरेन्द्र शाहाले बताउनुभयो । निकुञ्जले कानूनत बन्द गरिएको सो बेलानै जनाएको थियो । निकुञ्ज वन्यजन्तुको चरनक्षेत्र भनेर रोकिदिएको स्थानीयले बताउछन् ।
सो क्षेत्रका स्थानीयहरुलाई उक्त समयमा दुम्कीवास त्रिवेणी सडक हुँदै यात्रा गरेको अहिलेपनि सम्झना ताजै छ । विनयी त्रिवेणी गाउँपालिका ६ नवलपुरका बिना बाहादुर सिङ ठाकुरि दुम्कीबास त्रिवेणी सडक हुँदै जीपमा यात्रा गरेको समेत बताउँनुभयो । भारतसँग सहजै जोडिन सकिने र भन्सार समेत संचालन हुने भएपछि यसलाई विशेष चासो दिएर पक्की सडक बनाउन उनले माग गरेका छन् ।
सडक खण्डमा ७ वटा ठूला खोला र ८७ वटा स–सना खोल्सीहरु रहेको भन्दै पुल र ह्युम पाइपहरु राख्यो भने वर्खा वाहेकको समयमा गाडी चल्न सक्ने स्थानीयको भनाई छ ।
नेपाली काँग्रेसका नेता श्रीधर शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष दुई महिना अघि दुम्कीबसा त्रिवेणी सडक खण्डमा निकुन्जले सडक बनाउन रोक लगाएपिछ शर्माले यसको विकल्प स्वरुपको सुझाप सहित ज्ञापनपत्र पेश गर्नुभएको थियोे ।
रास्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३ (२) बमोजिम नेपाल सरकारले राजपत्रमा सडक क्षेत्रलाई निकुन्ज र मध्यवर्ती क्षेत्रबाट हटाई पाउन ज्ञापन पत्रमा माग गरिएको छ भने चितवन रास्ट्रिय नियमावली २०३० को नियम १९ र अनुसुची ५ मा उक्त सडक हुलाकी सडक प्रमाणित भएको समेत शर्माले बताउनुभयो।
उक्त सडकको जिपिएस नक्सा , हटाउनु पर्ने रुख छ छैन ,बाताबरणमा पर्ने सकारात्मक , नकारात्मक प्रभाव ,समाजिक आर्थिक पक्षमा पर्ने प्रभाव ,उक्त खण्डमा कुनै अन्य सडक छ छैन, लगायत अन्य विवरण सहितको स्थलगत प्रतिबेदनका लागि सिंहदरबार, बबर महल , राष्ट्रिय निकुञ्ज कसरा हुँदै अमलटारि कार्यालयसम्म पत्र आइपुगेको शर्माले जानकारी गराउनुभयो।
उहाँ बताउनुहुन्छ , यसै सन्दर्भमा म ज्ञापनपत्र प्रस्तुत कर्ता दुम्बिबास त्रिबेणि सडक खण्डको निकुन्ज र मध्यवर्तीको जङ्गलमा पर्ने उक्त सडक खण्डमा हेर्न पुग्दा सडक करिब ७ – १० मिटर चौडाई देखिन्छ ।
दुम्कीबसा त्रिवेणी सडक खण्डमा ठुलो रुख देखिन्न ,बन्यजन्तुको आवत जावत र बास स्थान होइन भन्ने स्थानीय ब्याक्तित्वबाट जानकारी पाए । भौगोलिक ,जैविक र बाताबरणिय दृस्टीकोणले यस सडक निर्माण सम्भव रहेको शर्माले बताउनुभयो ।
राष्ट्रिय निकुञ्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्रिवेणी–दुम्कीबास सडक खण्ड बन्न सकेको छैन । प्रदेशकै ‘लाइफलाइन’ मानिएको नेपाल–भारत सीमानाका त्रिवेणीबाट मुस्ताङको कोरला नाका जोड्ने सडकअन्तर्गत पर्ने यो खण्डको काम भने अगाडि बढ्न नसक्दा स्थानीय चिन्तित भएका छन् । दुम्कीबास–त्रिवेणी २१ किलोमिटरमध्ये ७ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र पर्छ ।
चितवन निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृति लिनुपर्ने हुन्छ । लामो समयदेखि उक्त सडक खण्ड निर्माण स्वीकृतिको फाइल संघअन्तर्गतको वन तथा वातावरण मन्त्रालयमा थन्किएको थियो ।