२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

नारायणी नदिमा बाढी: गैंडाकोटका ८० परिवारको उद्धार

२०७९ आश्विन २०, बिहिबार प्रकाशित ( साल अघि) १००५ पाठक संख्या

गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका– २  नारायणी नदी किनारमा अवस्थित बोटे टोलमा नदि पसेपछि प्रभावित भएका ८० घर परिवारको उद्धार गरिएको छ ।

हिजो देखी आएको पानीले बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘घर डुबानमा परेको खबर पाउनेबित्तिकै टोलीलाई परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छौँ ।’

८० वटा घरधुरीमा एक्कासी नारायणी नदीको पानी पसी पिडित भएका विस्थापित परिवारहरु, चौपाय र सामान सुरक्षित स्थानमा सारिएको सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

अपरान्ह साढे ४:३० बजेपछि उनीहरुलाई महेन्द्र स्मारक आधारभुत विद्यालयमा सुरक्षित साथ उद्धार गरी राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नारायणी नदीमा पानीको सतह बढेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई  सर्तकता अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस