नवलपुर । मंगलबार रातिदेखि अविरल रुपमा परेको वर्षाले बौदीकाली गाउँपालिका ३ खैरनी स्थित जन्ती डेढगाँउ रामपुर सडकखण्डमा पहिरोका कारण दुईतर्फ नै सडक अवरुद्ध भएको छ ।
अपरान्ह साढे ४ बजे आएको पहिरोले दुई तर्फ नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अहिले पहिरो खुलाउने पहल भईरहेको इलाका प्रहरी कार्यालय डेढगाँउले जनाएको छ । पहल भएतापनि वर्षाले सडक मर्मत गरी सडक आवागमन सञ्चालन गर्न समस्या परेको छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय डेढगाँउबाट प्रहरी बरिष्ठ नायब निरीक्षक शेरबहादुर थापाको कमाण्डमा ४ जनाको टोली खटीएको प्रहरीले जनाईएको छ ।