२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

माछा मार्दै थारु समुदाय

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित ( साल अघि) १२७७ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिका–३ रतनपुर अबस्थित थारु समुदायका महिला तथा बालबालिकाहरु स्थानीय खोलामा माछा मार्दै । वर्षाले कुलोहरुमा जलस्तर बढेपछि यहाँ माछा मार्न स्थानीयहरु सक्रिय हुन्छन्।

पानी परेसंगै साना , ठुला खोल्साहरुमा माछा मार्नेको भिड लाग्ने गरेको छ । बिषेश गरी थारु महिलाहरु पानी परेर भेल बगेको दिन खोल्सा र खेतहरुमा यसरी माछा मार्दै गरेका भेटिन्छन् ।

FB_IMG_1665140016769

माछा र माछाका परिकार सँग थारु समुदायको धार्मिक, सांस्कृतिक सम्बन्ध रहेको छ । माछा मार्न प्रयोग गरिने वस्तु अनि माछा मार्ने कला अन्य समुदाय भन्दा थारु समुदायमा धेरै फरक छ । थारु समुदायहरुले मान्ने हरेक चाडपर्वमा माछा मार्ने चलन अनिवार्य रुपमा थियो तर अहिले विभिन्न कारणले यो परम्परा करिव करिव लोपउन्मुख अवस्थामा पुगिसकेको छ ।

Received_1068100410552987

आजभोली हरेक चाडपर्वमा बजारहरुमा माछाको बजार लाग्ने गर्दछ ।  कतिपयले बजारबाटै पोखरीका माछा किनेर ल्याछन् । थारु समुदायहरुको माछा मार्ने स्थान खोला नाला नै हो । अहिले राष्ट्रिय निकुञ्ज स्थापना भएपछि माछा मार्ने परम्परा लोपउन्मुख अवस्थामा पुगिसकेको छ । पहिला सम्पूर्ण गाउँवासी एकजुट भएर माछा मार्ने गर्दथे । यस्का लागि खोलाहरुमा बाधहरु बाधेर पानीको धारलाई परिवर्तन गरी माछा मार्ने गरिन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस