२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुर क्षेत्र नं २ नेकपा माओवादीलाई परेपछि नवलपुर कांग्रेस असन्तुष्टि 

२०७९ आश्विन २२, शनिबार प्रकाशित ( साल अघि) १४५० पाठक संख्या

कावासोती । आगामी मंसिर ४ गतेहुने प्रतिनिधि सभा निर्वाचनमा पुर्ब नवलपरासीका क्षेत्र नं २ मा पाँच दलिय गठबन्धनको तर्फबाट नेकपा माओवादीलाई परेपछि नवलपुर कांग्रेसको चर्को असन्तुष्टि देखिएको छ ।

आज कावासोतीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय बिपि स्मृति भवनमा भेला गरेर कांग्रेस नवलपुर क्षेत्र नं २ का नेता तथा कार्यकर्ताले तत्काल निर्णय सच्याउन केन्द्रिय नेतृत्वलाई आग्रह गरेका छन् ।

Received_858077948700001

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनका लहर बीच पनि झिनो मतान्तर १ हजार ३ सय ३३ मतले काँग्रेस पराजित भएको क्षेत्र अहिले नेपाली काँग्रेससँग गठबन्धन र जनाधार दुवै भएकोले यो क्षेत्र नेपाली काँग्रेसको भागमा पर्दा जित काँग्रेसको पक्षमा पर्न सक्ने नेताहरूको भनाई छ।

२०४८ सालदेखि पराजय भोगेका यहाँका कार्यकर्ता यदि यस संघीय क्षेत्र नं; २ काँग्रेसको भागमा नपरे नेपाली काँग्रेसका कार्यकर्तामा हिनता बोध तथा निरूत्साह उत्पन्न हुने क्षेत्रीय सभापति जगत कार्कीको अक्कल रहेको छ ।

Received_1275117259902346

नवलपुर क्षेत्र नं २ का सभापति जगत कार्कीको अध्यक्षतामा सुरु भएको भेलामा क्षेत्र नं २ का सहसभापती सुर्य गुरुङ, प्रदेश क्षेत्रीय कार्यसमिति २ क र ख का सभापतिहरु रामचन्द्र भण्डारी र कृष्ण तिवारी, पालिका सभापतिहरु हुप्सेकोटका बलबहादुर राना, मध्यविन्दुका दोमन भण्डारी, बौदिकालीका केबि राना सहित, विनयी त्रिवेणीका सभापति अजित थापा सहित नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको छ ।

उपस्थिति भेलाले कांग्रेस केन्द्रिय सभापतिलाई ध्यानाकर्षण गराउदै पत्र पठाउने निर्णय गरेको छ ।

सभापति देउवालाई पठाईएको ध्यानाकर्षण पत्रमा नेपाल कांग्रेसलाई प्रतिनिधि सभा तर्फको टिकट नदिदा आउने परिस्थितिको जिम्मा आफुहरुले लिन नसक्ने जनाएका छ्न ।

ध्यानाकर्षण पत्र

Received_414852787495105

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%९%२%१%

प्रतिक्रिया दिनुहोस