२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा उम्मेदवारी दर्ताको तयारी  

२०७९ आश्विन २३, आईतबार प्रकाशित ( साल अघि) ७७२ पाठक संख्या

कावासोती । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनका लागि नवलपुरमा अहिले सम्म कसैले पनि दर्ता गराएका छैनन् ।

कावासोती नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीहरु पूर्ण तयारी अवस्थामा रहेका छन् । आज बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ हेर्दै आएको निर्वाचन अधिकृतको कार्यालयमा समेत कसैले उम्मेदवारी दर्ता नगराएको निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो ।

यसअघि हिजो जिल्ला स्थित राजनीतिक दल लगायत सरोकारवालाहरुबीचको सर्वदलिय बैठक बसी मनोनयन प्रक्रियाबारे जानकारी गराईएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुषालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस