२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

डा.शशांकको लक्ष्य अबको प्रधानमन्त्री  

२०७९ आश्विन २३, आईतबार प्रकाशित ( साल अघि) ४६० पाठक संख्या

कावासोती । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नं १ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री डा। शशांक कोइरालाले गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार निर्वाचन कार्यालय कावासोतीमा उम्मेदवारी दर्ता पछि कोइरालाले निर्वाचन पश्चात आँफूलाई प्रधानमन्त्री बन्ने ईच्छा समेत रहेको बताएका हुन् ।

पत्रकारहरु सँगको कुराकानीमा कोइरालाले एक किसिमले आँफू प्रधानमन्त्रीको उम्मेदवार रहेको बताएका हुन् ।  उनले चौँथो पटक उम्मेदवारी दर्ता गराउँदै नवलपुरमा अधुरो रहेको कामलाई पूरा गर्नका लागि आफ्नो जित आवश्यकता रहेको बताएका छन् । आँफूले नवलपुर क्षेत्रमा एउटा सपना देखेको र त्यसलाई पूर्णता दिन पुनः चुनावमा होमिएको कोइरालाले बताए ।

अघिल्ला पटकको निर्वाचन जिते पश्चात नवलपुरमा थुप्रै काम भएता पनि जनताले महशुस गर्ने खालको काम गर्न नसकेको स्विकार्दै डा। कोइरालाले यो पटक निर्वाचन जितेर आँफ्ना अधुरा सपना पूरा गर्ने बताउनुभयो । आगामी निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी मिलेर पाँच दलीय लोकतान्त्रिक गठबन्धनबाट देशैभर विभिन्न स्थानबाट उम्मेदवारी दर्ता गराएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस