२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गठबन्धनबाट कांग्रेसका कार्की उम्मेदवार , गैह्रेद्वारा उम्मेदवारी फिर्ता

२०७९ आश्विन २६, बुधबार प्रकाशित ( साल अघि) २१२६ पाठक संख्या

कावासोती — सत्तारुढ गठबन्धनले नवलपुर २ मा आधिकारिक उम्मेदवार बिष्णु कुमार कार्की भएको जनाएको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधी सभाका लागी उम्मेदवारी दिएका बालकृष्ण गैह्रेले आफ्नो उम्मेदवारी फिर्ता लिए सँगै कार्की गठबन्धन तर्फबाट आधिकारिक उम्मेदवार बन्ने भएका हुन ।

त्यसै गरि प्रदेश सभा तर्फ कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले उम्मेदवारी फिर्ता लिएर नेकपा माओवादी केन्द्रका सौगमकुमार सिरपालीलाई गठबन्धन तर्फबाट उम्मेदवार बनाउने कांग्रेस र माओवादी बिच सहमति भएको हो ।

दुईदल बीच सहमति भए पछि माओवादीका गैह र कांग्रेसका लामिछानेले मुख्य  निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन ।FB_IMG_1665568601681

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस