२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

चोरमारामा पाँच दलीय गठबन्धनको सम्पर्क कार्यालय स्थापना

२०७९ आश्विन ३०, आईतबार प्रकाशित ( साल अघि) ७०९ पाठक संख्या

चोरमारा  । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नवलपुरमा सत्ता गठबन्धनका दलहरु सक्रिय भएका छन् । लोकतान्त्रिक तथा बाम पाँच दलीय गठबन्धन चुनाव प्रचारप्रसार समितिले नवलपुर निर्वाचन क्षेत्र न; २ को चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ ।

चोरमारा बजारमा रहेको नेपाल बैंक नजिकै छेउको घरमा निर्वाचन क्षेत्र न; २ , प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न; १ र २ को चुनावी सम्पर्क कार्यालय आज स्थापना गरेको हो ।

FB_IMG_1665903198747

सम्पर्क कार्यालयको उद्घाटन गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता विष्णु  कुमार कार्कीले गर्नुभयो ।

गठबन्धनको तर्फबाट नवलपुर निर्वाचन क्षेत्र न;२ (क)बाट नेकपा माओवादी केन्द्रबाट सौगम सिर्पाली (ख)बाट नेकपा एकीकृत समाजवादीका डा.गोपाल खनाल उम्मेदवार बनेका छन् ।

प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार कार्कीले लोकतन्त्र र विकास सँगसँगै लैजान गठबन्धन आवश्यक भएको बताउनुभयो, उहाँले गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताको साझा चिन्ह जो जहाँबाट उठेको छ, सोही चिन्ह भएकाले त्यसको लागि सबैले इमान्दिारिताको साथ गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउनुपर्ने बताउदै । संबिधानको रक्षा गर्न र ओलिबादको अन्त्य गर्नका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उहाँले बतानुभयो । Received_459967632773173

नवलपुर क्षेत्र; २ (क) उम्मेदवार सौगम सिर्पालीले नवलपुर जिल्लाको समानुपातिक विकासको लागि गठबन्धनका  उम्मेदवारहरुलाई  मतदान गरी विजयी गराउन अनुरोध गर्नुभएको छ ।

त्यस्तै अर्का नवलपुर क्षेत्र न २ (ख)का उम्मेद्वार डा.गोपाल खनालले ओली प्रवृत्ति स्वच्चाछारी, विधि नमान्ने र तानाशाही प्रवृति रहेको बताउदै संविधान र विधिका लागि गठबन्धन आवश्यकता रहेको बताउनुभयो ।

FB_IMG_1665903206897

नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगत कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको  थियो । बाम–लोकतात्रिक गठबन्धन चुनाव प्रचारप्रसार समिति क्षेत्रिय कार्यालयको आयोजनामा भएको कार्यक्रममा गठबन्धनअन्तर्गतका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

FB_IMG_1665903201687

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस