कोल्हुवा । नवलपुरको मध्यविन्दु – ३ चौराहा स्थित नमुना नन्द भाउजु महिला बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारण सभाले तारा देवी पाण्डे वाग्लेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
हिजो आइतबार ईटौरामा भएको साभारण सभाले उपाध्यक्षमा बिष्णु घिमिरे, सचिवमा कौशिला कुमारी महतो, कोषाध्यक्षमा कृष्ण कुमारी महतोलाई चयन गरेको छ ।
कार्यसमिति सदस्यमा गंगा रानाभाट, तुलसी महतरा, जुनमाया राना , आश्मा पुन ,डिलकुमारी महतो ,रमा थनेत , कमला न्यौपाने भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा तुलसी थनेत र लेखा सदस्यमा सुनिता उपाध्याय निर्वाचित भएका हुन् ।