कावासोती । पाँचदलीय गठबन्धनले नवलपुर जिल्लाको संयुक्त निर्वाचन सम्पर्क कार्यालय खोलेको छ।
सम्पर्क कार्यालयको बिहिवार गठबन्धन तर्फबाट कावासोतीको थाना चोकमा चुनाव लक्षित गर्दै जिल्ला कार्यालय उद्घाटन भएको हो ।
जिल्ला गठबन्धन प्रचार प्रसार समितिका संयोजक हेमराज कोईरालाको अध्यक्षतामा भएको संयुक्त कार्यालय उद्घाटनमा क्षेत्र नं; १ प्रतिनिधि सभातर्फका उम्मेदवार डा. शशांक कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्षेत्र नं; २ का उम्मेदवार बिष्णु कुमार कार्की, प्रदेशतर्फ क्षेत्र नं; १ क का उम्मेदवार महेन्द्रध्वज जिसी, क्षेत्र नं; १ ख का उम्मेदवार लोकप्रसाद भुर्तेल र प्रदेशतर्फकै क्षेत्र नं; २ क का उम्मेदवार सोम सिर्पालीले बोलेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले गठबन्धनका सबै उम्मेद्धारलाई जिताउने गरी अहोरात्र खट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।