२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आइपुग्यो समानुपातिक मतपत्र

२०७९ कार्तिक ५, शनिबार प्रकाशित ( साल अघि) ६१७ पाठक संख्या

कावासोती । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र संघीय निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र जिल्ला आइपुगेको छ । यो मतपत्र आएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचन केन्द्रहरुमा आवश्यक पर्ने सामग्री तयार गर्न थालेको छ ।

मतदान केन्द्रमा आवश्यक पर्ने अनुसुची फारम, सियो, धागो, खापसियो लगायतका १५ प्रकारका सामग्री तयार भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र आउन भने बाँकी छ । ‘केन्द्रबाट आउने मतपत्र आएपछि सबै सामग्री तयार गरेर मतदान केन्द्रमा पठाउने तयारी गर्छौं ।’

समानुपातिक निर्वाचन प्रणालीतर्फको २ लाख ८९ हजार थान मत रुजु गरेर भण्डारण गरिएको मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइटेलले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगबाट प्राप्त मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ का मा एक लाख ३१ हजार १ सय ८१ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फका लागि एक लाख ४५ हजार थान मतपत्र प्राप्त भएको छ ।

यस्तै प्रदेशसभा “क” मा ७१ हजार थान र प्रदेशसभा “ख” मा ४६ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र रुजु गरेर ठिक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख २९ हजार २८० मतदाताका लागि प्रतिनिधिसभातर्फ एक लाख ७३ हजार थान मतपत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा ९क० र प्रदेशसभा ९ख० मा समान ७३ हजार र ७३ हजार थान मतपत्र प्राप्त भएको छ । ती मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६८ र समानुपातिकतर्फ पाँच जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । आम निर्वाचनका लागि जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा कुल २ लाख ६० हजार ४ सय ६१ मतदाता रहेका नवलपुरमा १ सय १३ मतदानस्थल र ३ सय २ मतदान केन्द्र तोकिएको छ ।

यसपटक चारवटा मतपत्र रहने
मंसिर ४ को निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । संघीय तर्फको प्रत्यक्ष र समानुपातिकमा गरि दुईवटा मतपत्रमा मतदाताले स्वस्तिक छाप लगाउनु पर्नेछ । यस्तै प्रदेशसभा तर्फ पनि प्रत्यक्षमा एक र समानुपातिकमा एक गरि दुईवटै मतपत्रमा स्वस्तिक छाप लगाउनु पर्नेछ । हरेक मतदाताले प्रत्यक्षतर्फ उम्मेदवारलाई र समानुपातिकतर्फ आफूले रोजेको दललाई मतदान गर्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस