कोल्हुवा । गरिवी निवारण चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था लि।को १६औं बार्षिक साधारण सभा तथा छैठौँ अधिबेसन आज ईटौरामा सम्पन्न भएको छ ।
शनिबार मध्यविन्दु न.पा ३ इटौरामा संस्थाका अध्यक्ष मिन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख पुर्णकला चौधरी प्रमुख अतिथी रहनु भएको थियो।
कार्यक्रमकामा बोल्दै उहाँले सहकारीमा आवद्ध भए संगै अहिले महिला आफै सक्षम भएको बताउनु भएको छ । तर पनि कहि कतै महिलाहरुले फजुल खर्च गर्ने गरेको बताउदै बचत गरे संस्था संगै हामी सबैको हितहुने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको विशेष अतिथीमा जिल्ला बचत तथा ऋिण सहकारी सघंका बद्रिनाथ नेपाल , वडा नं ३ का वडा अध्यक्ष मान बहादुर महतो, नमुना नन्द भाउजु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारादेवि वाग्ले विभिन्न संघ संस्थाका पदाधिकारी , समाजसेवी , शेयर सदस्य लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रम सञ्चालन संस्थाको व्यवस्थापक कमल प्रसाद पाठकले गर्नुभएको थियोे ।
त्यस्तै छैठौँ अधिबेसनबाट अध्यक्षमा अम्बिका सिग्देल सहितको नयाँ कार्य समिति चयन गरेको छ । शनिबार ईटौरामा भएको साभारण सभाले उपाध्यक्षमा प्रभा गिरी, सचिवमा शिब राज घिमिरे, कोषाध्यक्षमा विमला श्रेष्ठलाई चयन गरेको हो ।
कार्यसमिति सदस्यमा झिनक राम थनेत , माया देबि सापकोटा, लक्ष्मी बस्याल ,गोमावति सिग्देल , हिरा देबि महतो भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा दानु गिरी लेखा सदस्यमा अनिता थापा र तारा देवि सिग्देल बोहरा निर्वाचित भएका हुन् ।
३१ जना सदस्यबाट सुरु गरेको यस संस्थाले अहिले १२ सय २५ सदस्य पुगेका छन् । १० करोड पुजी भएको छ ।