२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

सिटिजन्स बैंकद्वारा लक्ष्मीपूजाको दिन क्यास डिपोजिट मेसिन सेवाको शुरु

२०७९ कार्तिक ७, सोमबार प्रकाशित ( साल अघि) ४८३ पाठक संख्या

नवलपुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा मानव सहायता बिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको लक्ष्मीपूजाको दिनबाट गरेको छ ।

यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । यस सेवा अन्तर्गत ग्राहकहरूले क्यास डिपोजिट मेसिनबाट  १,००० रुपैयाँ र ५०० रुपैयाँदरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ ।

यस सेवाबाट ग्राहकहरूले शाखामा पुगेर लाइनमा बसीफारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुनुहुने बैंकले जनाएको छ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले यो सेवा हालको लागि आफ्नो दरवार मार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको छ ।

यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको छ । कार्यक्रमको आरम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले आधुनिक बैंकिङ्गको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङ्गलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगााडि बढाएको बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटिएम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख७८हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस