२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

हेल्लो सांसद चलाएर सधैं जनताको नजिक हुने: विष्णु कुमार कार्की

२०७९ कार्तिक १२, शनिबार प्रकाशित ( साल अघि) ५९४ पाठक संख्या

हुप्सेकोट ।  लोकतान्त्रिक वाम गठबन्धन नवलपुर क्षेत्र नं: २ का उम्मेद्वार विष्णु कुमार कार्कीले चुनाव जितेपछि पनि जनताको समस्यालाई बुझ्न चुनाव सकिएको एक महिना भित्रै हेल्लो सांसदको सेवा दिने बताउनु भएको छ ।

हुप्सेकोट गाउँपालिकामा गठबन्धनको संयुक्त कार्यलय उद्घाटन गर्ने क्रममा उहाँले उक्त भनाई राख्नु भएको हो ।

नेताले पटक पटक जितेर जाने तर जनताको समस्यामा सधैं उस्तै रहने हुँदा आफु सांसदमा जितेर गए पनि सधैं काठमाण्डौं नबसिरहने बताउनु भयो ।

Received_1072864240045315

आफ्नो क्षेत्रमा रहेका ४० वटै वडाका समस्याहरूलाई संकलन गरेर क्रमशस् सबै हल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

जनताको अधिकार, जातिगत अधिकारको निम्ति आफु सधैं लडिरहने कार्यक्रमका विशेष अतिथि तथा प्रदेश सभाका उम्मेद्वार सोम सिर्पालीले प्रतिबद्धता जनाउनु भएको छ ।

माओवादी केन्द्रबाट उहाँको उम्मेद्वारी परेको हो । आफू लडेको प्रदेशको क्षेत्रमा जनजाति र  दलितको पनि बाहुल्य रहेका कारण उनिहरूको अधिकारको निम्ति सदैव लडिरहने, भ्रष्टाचारले गिजोलिएको क्षेत्रमा पनि भ्रष्टाचारमुक्त बनाउन आफु लागिरहने बताउनु भएको छ ।Received_5847059128647579

चुच्चे नक्सा छपाएर लुकाएकै कारण एमालेले नक्कली राष्ट्रवाद देखाएको प्रष्ट भएको कार्यक्रमका अर्का विशेष अतिथि तथा नेपाल समाजवादी पार्टी, गण्डकी प्रदेशका ईञ्चार्ज मोती रिजालले बताउनु भयो ।

माओवादी केन्द्रबाट नै उहाँ समानुपातिक उम्मेद्वार रहनु भएको छ । उहाँ यस अघि नै माओवादी केन्द्रबाट दुई पटक प्रत्यक्षमा चुनाव लडिसक्नु भएको उम्मेद्वार हुनुहुन्छ ।

त्यसैगरी यस अघि नै नयाँ शक्ति पार्टीबाट समानुपातिक बन्द सुचीको उम्मेद्वार रहनु भएको थियो । यो संगै उहाँ चौथो पटक जनतासंग भोट माग्दै हुनुहुन्छ ।

Received_527340812143395

नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष झविलाल रानाले ओलीको तानाशाह प्रवृतिले गर्दा आफूहरू एक भएको बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेद्वार विकाराम चौधरीले ओलीको दम्भले गर्दा आफूहरू एक हुनु परेको बताउनु भएको छ ।

यसअघि कम्युनिष्टकै नेता केशरजंङ रायमाझीले प्रतिगमनको कार्य गरेका थिए भने अहिले कम्युनिष्टको खोल ओडेर ओलीले प्रतिगमनको कार्य गरेको बताउनु भएको छ ।

Received_1263138564528611

लोकतान्त्रिक वाम गठबन्धन हुप्सेकोट गाउँपालिकाको कार्यलय, हुप्सेकोट वडा नं; १, २, ३ र ४ को कार्यलय आज उद्घाटन गरिएको थियो ।

कार्यक्रममा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेसपा र जनमोर्चाका जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस