२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कार्तिक १९ गते देखी साप्ताहिक रुपमा सनिबार बजार बन्द हुने

२०७९ कार्तिक १५, मंगलबार प्रकाशित ( साल अघि) ४९० पाठक संख्या

कावासोती । नवलपुर जिल्लामा कार्तिक १९ गते देखी साप्ताहिक रुपमा नवलपुर उद्योग बाणिज्य संघको कार्यक्षेत्र भित्रका व्यापारीक फमहरु सनिबार नियमित बजार बन्द हुने भएको छ ।

नवलपुर उद्योग बाणिज्य संघको आयोजनामा जिल्लाका बस्तुगत संघ सग भएको अन्तक्रिया र बैठकले आउदो कार्तिक १९ गते देखी सबै व्यापारीक फमहरु सनिबार नियमीत रुपमा बन्द गर्ने निर्णय गरेको नवलपुर उद्योग बाणिज्य संघका महासचिब सागर पोख्रेलले जानकारी दिनुभयो ।

313061918_512507224082039_3241288360753449368_n2022 11 01 05 10 34.jpeg
विगतमा नवलपुर जिल्लाका बजारहरु शुक्रबार बन्द हुदै आएकोमा बस्तुगत संघ, ससमसतहरुले सनिबार बजार बन्द गर्न मौखीक र लिखीत अनुरोध गर्दै आएकोले बस्तुगत संघ, समितिहरुको मागलाई सम्वोधन गर्न गत अशोज २ गते सम्पन्न अन्तरक्रिया र कार्तिक १५ गते संघको कार्यालयमा बसेको बैठकले आउदो कातिक १९ गते सनिबार देखी बजार बन्द गर्ने, बन्दलाई एकरुपता ल्याउन स्थानिय पालिका र हाटबजार समिति सग छलफल गर्ने निर्णय गरेको महासचिब पोख्रेलले जानकारी दिनुभयो ।

आज संघको कार्यालयमा बसेको सयुक्त बैठकले बन्दलाई प्रभावकारी बनाउन बस्तुगत संघहरु, कार्य क्षेत्रका स्थानिय पालिका, बजार बिकास समितिलाई पत्रचार गर्ने, बन्दलाई बन्दलाई एकरुपता ल्याउन संघका बाणिज्य उपाध्यक्ष राजेन्द्र पाण्डे संयोजक रहेको अनुगमन समिति समेत गठन गरीएको छ ।

अनुगमन समितिमा नवलपुर उद्योग बाणिज्य संघ कार्यसमिति सदस्यहरु हरीकला ढकाल, शिव पोख्रेल लेखा समिति सदस्य मित्रलाल पाण्डे र बस्तुगत संघका अध्यक्ष वा प्रतिनिधि पदेन सदस्य रहने गरी अनुगमन समिति गठन गरीएको महाचिब पोख्रेलले जानकारी दिनुभयो । बैठक नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस