२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

निर्वाचन जिताउनुस, विकास र समृद्धि मेरो जिम्मा; विष्णुकुमार कार्की

२०७९ कार्तिक १६, बुधबार प्रकाशित ( साल अघि) ७९८ पाठक संख्या

कावासोती । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नवलपुर क्षेत्र नं २ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्कीले मंसिर ४ मा गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गर्दै त्यसपछि क्षेत्रको विकास र समृद्धिको जिम्मा आफुले लिने बताएका छ्न ।

बुधबार नवलपुरको अरुणखोलामा लोकतान्त्रिक वाम गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उम्मेदवार कार्कीले भने, “हामीलाई निर्वाचन जिताउनुस दुई नं क्षेत्रको विकास र समृद्धिको जिम्मा हामीले लिन्छौ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले निर्वाचन जिते आफू सधै जनताको बिचमा रहने बताउदै जनताले सांसद खोइ भन्ने दिन आउन नदिने बाचा गरे “हामी जनतासँग र जनताको समस्यासँग प्रत्यक्ष जोडिएर जनताकोकाम गर्ने छौँ, दुई नम्बरका जनतालाई सांसद खोज्न काठमाडौ धाउने पार्दिन”, कार्कीले भने ।

यस क्षेत्रबाट विगतमा निर्वाचित भएका सांसदले जनसरोकारका काम नगरेकै कारण क्षेत्र नं २ पछाडी परेको बताउदै नेता कार्कीले आफुहरुलाई निर्वाचन जिते पछि जनताको प्रत्यक्ष सम्पर्कमा रहेर जनचासोलाई सम्बोधन गर्दै क्षेत्र नं २ को विकास र समृद्धिलाई अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे ।

नवलपुर सहित देशै भर लोकतान्त्रिक वामगठबन्धनको लहर चलेको र नवलपुरमा पनि गठबन्धनका सबै उम्मेदवार विजयी हुने दाबी गरेका कार्कीले गठबन्धन भनेको संविधानको रक्षक र विकासको पर्याय भएको बताए ।

एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा लगाएतका नेताहरुले प्रशिक्षण दिएको कार्यक्रममा क्षेत्र नं २ का प्रदेश सभाका उम्मेदवारहरु सौगमकुमार सिर्पाली, डा।गोपाल खनाल सहित समानुपातिक उम्मेदवारहरु, गठबन्धनमा आबद्ध दलका नेताहरुबोलेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस