२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको ९औं वार्षिक साधारण सभा सम्पन्न

२०७९ कार्तिक १६, बुधबार प्रकाशित ( साल अघि) ९८७ पाठक संख्या

कोल्हुवा । नवलपुर मध्यविन्दु – २ स्थित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ९औं साधारणसभा तथा कोल्हुवा खानेपानी बहुउद्देश्य सहकारी संस्थाको प्रथम साधारण सभा तथा अधिवेशन आज एकै दिन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष श्रीधर शार्माको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रदेश खानेपानी मन्त्रालयका सचिव डा.सन्तोष कैनीको प्रमुख अथितित्यतामा सम्पन्न भएको हो ।

IMG 20221102 WA0048

कार्यक्रममा बोल्दै प्रमुख अथिति कैनीले गण्डकीप्रदेश सरकारले सफा र स्वस्थ खानेपानिको लागि सधै अघि बडिरहेको बताउनुभयो । संस्थाले सधै गुणस्तरीय पानि उपभोक्तालाई उपलब्ध गराउर्नु पर्ने बताउदै यसरी खानेपानी र सहकारीलाई समायोजन गर्दा यस संस्था नेपालकै प्रथम संस्थामा पर्ने बताउनुभयो ।

उहाँका अनुसार खानेपानी तथा सरसफाई संस्थाको ऐन आए पनि नियमावली जारी नभएको समेत बताउनुभयो । कार्यक्रममा सस्थाको अध्यक्ष श्रिधर शर्माले सस्थाका प्रतिवेदन तथा भावि योजनाबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तवय लेखा सदस्य सरस्वती पंन्थीले गर्नु भएको थियो भने  संस्थाको बार्षिक प्रतिवेदन सहसचिव सुभाष नेपालले प्रस्तुत गर्नुभएको हो ।

IMG 20221102 WA0052

लेखा समितिका संयोजक नेत्र प्रसाद भण्डारीले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मध्यबिन्दु नगरपालिका प्रमुख प्रशासन अधिकृति ज्ञानु प्रसाद पनेरू, खानेपानि तथा सरसफाई तनहुका डिभिजन प्रमुख राजेन्द्र प्रसाद  न्यौपाने, मध्यविन्दु नगरपालिका सहकारी शाखा प्रमुख कृष्णप्रसाद शर्मा ,जल तथा उर्जा मन्त्रालय पोखराका शाखा अधिकृत अनिल सुवेदी र विभिन्न संंघ संस्थाका पर्धाधिकारी , समाजसेवि तथा उपभोक्ताहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम सञ्चालन संस्थाका सचिव तथा मध्यविन्दु नगरपालिका बडा नम्बर २ का वडा अध्यक्ष रामभक्त अधिकारिले गर्नुभएको थियो। कोल्हुवा खानेपानि बहुउद्देश्य सहकारीको नयाँ कार्यसमिति भने भोली चयन हुने संस्थाले जनाएको छ ।

IMG 20221102 WA0045

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस