२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

एकादशी मेलामा व्यापारीलाई सुन्तला बेच्न भ्याईनभ्याई  

२०७९ कार्तिक १९, शनिबार प्रकाशित ( साल अघि) ४८५ पाठक संख्या

एलिना केसी

कवासोती । देवचुली नगरपालिकाको केउरेनी स्थित नारायणी नदि किनारमा लागेको एकादशी धार्मिक मेलामा व्यापारीलाई सुन्तला बेच्न भ्याईनभ्याई भएको छ ।

गत बुधबार देखि दिव्य मध्यवर्ती सामुदायिक वनको आयोजनामा सञ्चालन भएको एकादशी धार्मिक मेलाको अन्तिम दिन आज दर्शकको घुँईचो लागेको थियो ।

शुक्रबार हरिबोधिनी एकादशीको दिन भएका कारण पनि दर्शकको उल्लेखीय सहभागि रहेको थियो । एकादशी मेलामा आएका दर्शकको रोजाई सुन्तलामा गएको थियो ।
विभिन्न ठाउँबाट ल्याइएका सुन्तला बेच्न व्यापारीलाई भ्याईनभ्याई भएको थियो ।

सुन्तलाको सिजन भएका कारण पनि मानिसहरु सुन्तला किन्न तछाडमछाड गरिरहेका थिए । एकादशीको दिन धेरै बर्तालु भएका कारण पनि सुन्तला बिक्रि भएको व्यापारी बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस