नवलपरासी । उद्योगपति विनोद चौधरीले आफू सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे नभएको बताएका छन् । कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौधरी नवलपरासी क्षेत्र नं: १ का प्रतिनिधि सभा उमेदवार समेत हुन् ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको चुनावको प्रचारप्रसारको लागि उनी घरदैलो कार्यक्रम गरिरहेका छन् ।
शनिवार फेसबुकमा चुनावी प्रसारका फोटोहरु पोष्ट गर्दै उनले आफू सामान्य परिवारबाट आएको व्यक्ति भएको बताएका छन् । उनी लेख्छन्, ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस् ।
म सामान्य परिवारबाट आएको व्यक्ति हुँ। मेरो शिक्षादीक्षा पनि सामान्यरूपमै भयो । सरकारी स्कुलमै पढेर हुर्किएको हो म । रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट स्कुले शिक्षा हासिल गरेको हुँ ।’