२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

घरदैलो अभियानलाई तीव्रता दिँदै चुनाव जित्ने दाउमा सोम सिर्पाली

२०७९ कार्तिक २६, शनिबार प्रकाशित ( साल अघि) ७५३ पाठक संख्या

कावासोती । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त हुनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बन्नुभएको हो । नवलपुरको क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार सोम सिर्पाली दैनिकी चुनावी व्यस्ततामा बित्ने गरेको छ ।

Received_470633191803321

प्रदेश सभा सदस्य पदमामा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका सिर्पालीले आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरीरहेका छन् । नेकपा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहेका सिर्पाली यसपटक ५ दलीय गठबन्धनको साथ पाएर जित आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

Received_536495055003298

उनले कावासोती नगरपालिका वडा नम्बर ३ र ४ हसौराका मतदातासँग भेटघाट गरेका छन् । त्याहाँका मतदातासँग शिक्षित एवम् सक्षम युवा उम्मेदवार भएको कारण आफुलाई मत दिएर जिताउन पनि उनले आग्रह गरेका छन् ।

Received_866243114378089

जनताको सुख दुःख र भावना बुझ्न र विकास निर्माणका कामहरु के कस्ता गर्नुपर्ने छन् ति बारेमा सल्लाह गर्न आफु घरदैलो कार्यक्रममा निस्किएको उमेदवार सिर्पालीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस